बलात्कारकाे आरोपमा पाैडेल पक्राउ

| 2023 Jun 23 | 04:06 pm 7601

काठमाडाैं, असार ८ । ३४ वर्षीय एक महिलालाइ जबरजस्ती करणी गरेकाे अभियाेगमा दाङका दामाेदर पाैडेललाइ काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे टाेलीले अनामनगरबाट पक्राउ गरेकाे छ ।

परिवर्तित नाम २६ परिसरको जाहेरीले प्रतिवादी दामोदार पौडेल भएको जबरजस्ती करणी मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई फरार रहेका पाैडेललाइ पक्राउ गरिएकाे प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् । पक्राउ परेका पाैडेललाइ  जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी, पठाईएको पनि रेग्मीले जनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.