बलात्कार प्रयासको आरोपमा एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 29 | 03:38 pm 2767

बैतडी, भदाै १३ः जिल्लाकाे मेलौलीका एक ब्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलौली नगरपालिका वडा न. ५ का ४५ बर्षीय केशब चन्द रहेका छन् ।

उनलाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका चन्दलाई अहिले इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको बताइएकाे छ ।

स्थानीय एकल महिलालाई बिहिवार राति साढे १ बजे मादक पर्दाथ सेवन गरी कोठामै गएर बलात्कारको प्रयास गरेको आरोपमा चन्दलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरिक्षक धनदेब साउँदले जानकारी दिए ।

चन्दले महिलालाई हातपात गर्दा हो–हल्ला गरेकाले चन्द भागेको बताइएको छ । आरोपित चन्द बिरुद्ध मुद्धा दर्तागरी अहिले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.