धनगढी, जेठ १७: छिमेकीले हँसिया प्रहार गरी बझाङमा एक महिलाको विभत्स ढंगले हत्या भएको छ । जिल्लाकाे सुर्मा गाउँपालिका वडा नम्बर–४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको बिहीबार बेलुकी विभत्स हत्या भएको प्रहरीले जानकारी दिए ।
उनका हनत्या छिमेकी ससुरा (अंकल) नाता पर्ने लोकेन्द्र पुजाराले हत्या गरेको प्रहरी जनाएको छ । प्रहरीका अनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी बेलामा जुनाको धारामै पछाडीबाट हँसियाले सिधै घाँटीमा प्रहार गरेको र गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ ।
हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाए ।