बलात्कार घटनाका मुख्य अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 19 | 05:53 pm 2439

दाङ, माघ ५ : सामूहिक बलात्कारको घटनामा सर्वोच्च अदालतवाट २०७२ फागुन ३० गतेको फैसला अनुसार ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना तोकी फरार रहेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविकको बिजौरी गाविस वडा नम्बर–५ घर भई हाल तुलसीपुर उप–महानगरपालिका–१८ बस्ने ३१ वर्षीय विष्णु चौधरी रहेका छन् ।

२०६५ चैत १५ गते महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा प्लस टु मा अध्ययनरत १७ वर्षीया किशोरीलाई नसालु पदार्थ खुवाई सामूहिक बलात्कार पश्चात ८४औं दिनमा किशोरीको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेका मुख्य अभियुक्त चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–१८ बाट पक्राउ गरेको छ ।

घटनामा संलग्न अन्य ६ जनाले यसअघि नै सजाय भुक्तान गरेको र घटनामा संलग्न अर्को अभियुक्त फरार रहेका मोहन पुनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.