बरिष्ठ पत्रकार श्रेष्ठको स्वास्थ्यवस्था गम्भिर

रिपोर्ट नेपाल | 2019 Mar 22 | 08:45 am 1840

काठमाडौं, चैत्र ८ : बरिष्ठ पत्रकार नेपाल समाचारपत्र, महानगर, कामना र साधनाका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको स्वास्थ्यवस्था गम्भिर बनेको छ ।

ललितपुरको मिडिसिटी अस्पतालको आइसियू कक्षमा हप्ता दिनदेखि उपचारर्थ भर्ना भएका श्रेष्ठको अवस्था गम्भिर बनेको बताइएको छ । नेपालको व्यवसायिक पत्रकारीतामा अग्रणी भूमिका निर्वाह गरेका श्रेष्ठको प्रधानसम्पादकत्वमा प्रकाशन हुने नेपाल समाचारपत्रले राजनीतिक, आर्थिक र सामाजिक समाचार सम्प्रेषण गर्दै आएको छ भने कामनाले फिल्मी र कलात्मक समाचार लेख प्रकाशन गर्दै आएको छ । रिपोर्ट नेपाल परिवार बरिष्ठ पत्रकार श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्दछ ।

श्रेष्ठ लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए । केही दिन अघि नर्भिक अस्पतालबाट उपचार गराई घर फर्केका उनको स्वास्थ्यमा फेरि समस्या आएपछि मिडिसिटी लगिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.