बरिष्ठ नेता पाैडेलद्वारा राहत संकलन अभियानलाई १ लाख २५ हजार रकम सहयाेग

रिपोर्ट नेपाल | 2020 Apr 18 | 08:03 pm 1556

काठमाडाैं, बैशाख ६ः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलबाट काेराेना नियन्त्रण राहत संकलान अभियानलाई रकम सहयाेग गरेका छन् ।

नेपाली कांग्रेस तनहुँकाे आव्हानमा सुरू गरिएकाे काेराेना नियन्त्रण राहत संकलन अभियानमा बरिष्ठ नेता पाैडेलद्वारा १ लाख २५ हजार रूपैयाँ रकम सहयाेग गरेका हुन् ।

त्यसैगरी नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीबाट पनि उक्त अभियानलाई १ लाख रूपैयाँ सहयाेग गरेका छन् । सहयाेग प्रदान गरेकाेमा नेपाली कांग्रेस तनहुँले दुबै जनालाइ हार्दिक आभार व्यक्त गरेकाे छ।

यसका साथै बरिष्ठ नेता रामचन्द्र पौडेलले आवस्यक परेको अवस्थामा व्यास – २ स्थित घर क्वारेन्टाइनका लागि दिने बताएका छन् ।

यसैगरी पार्टीको निर्णय अनुसार जिल्लाका १० वटै स्थानीय तहमा राहत संकलन आभियान जारी रहेको हुँदा तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्ने सम्पुर्ण नेतागण र कार्यकर्ता र शुभेच्छुक साथीहरूलाई आफ्नो सामर्थ्य अनुसार सहयोग उपलब्ध गराइ राष्ट्रिय संकटको यस घडीमा पार्टीको अभियानमा साथ दिन नेपाली कांग्रेस तनहुँले हार्दिक अनुरोध गरेकाे छ ।

संकलित राहत रकम नेपाल सरकारको नीति अनुसार एकद्वार प्रणाली अन्तरगत वितरण गर्ने गरी सबै गाउँ तथा नगरपालिकाहरुलाई उपलब्ध गराइने जानकारी गराइएकाे छ ।

लकडाउनका कारण समस्यामा परेकाहरुलाई आवश्यकताको आधारमा राहत उपलब्ध गराउने र आफ्नो घरमा जान लामो यात्रामा हिडेकाहरुको सहज यात्राका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आवश्यक सहयोग गरिदिन पार्टीका सबै तहका साथिहरुलाई नेपाली कांग्रेसले अनुराेध गरेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.