बरियारपट्टी गाउँपालिकाको सम्पूर्ण विद्यालय सञ्चालन गरिने

रिपोर्ट नेपाल | 2020 Oct 01 | 08:15 am 3204

  • महेश सिंह

सिरहा, असोज १५ः सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको सम्पूर्ण निजि तथा सामुदायिक विद्यालयहरु १५ गते देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

No description available.

मंगलवार बसेको गाउँपालिकाको बैठकले निर्णय गरेको हो। बुधबार देखि सम्पुर्ण विद्यालयको सरसफाई तथा अनौपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् ।

बरियारपट्टी गाउँपालिका भित्र रहेको विद्यालयहरुमा बुधबार देखि शिक्षकहरुको उपस्थिति देखिएका छन् भने कक्षा कोठा सरसफाई गरेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते बाट सम्पूर्ण विद्यालयहरु बन्द गरिएको थियो । बिगत ६ महिना देखि बन्द रहेको पठन पाठनले शिक्षा क्षेत्रमा निकै नै पहिरो गएको देखिन्छ।

नेपालको शिक्षा प्रणालीमा निकै नै क्षति भएको पालिकाको शिक्षा अधिकृत पतासी यादवले जानकारी दिए । बैठकमा पालिका भित्र रहेको सम्पूर्ण सामुदायिक विद्यालय र निजि विद्यालयका बुद्धिजिबि शिक्षक गरी २५ जना प्रधान अध्ययापकहरुको बैठकमा सहभागिता रहेको थियो ।

No description available.

बरियारपट्टी गाउँपालिका भित्र ६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । गाउँपालिकाको निर्णय अनुसार १४ गते देखि पालिका क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन र १५ गते देखी पठनपाठन सुचारु हुन लागेको हो ।

विद्यालयमा प्रवेश गर्नु अघि साबुन पानीले हात धोएर मास्क प्रयोग गर्ने बानि बसाल्दै, विद्यार्थीलाई कक्षा कोठामा प्रवेश गर्न दिने गाउँपालिकाको अध्यक्ष सन्तोष महतोले निर्देशन दिएका छन् ।

विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने व्यवस्था मिलाएर समाजिक दुरीको पालना गर्दै कक्षा सञ्चालन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंन्जित जंग अधिकारीले जानकारी दिए ।

विद्यार्थीमा कुनै किसिमको लक्षण देखिएमा तत्कालै सम्बन्धित ठाँउको स्वास्थ केन्द्रमा जाँच गराउन गाउँपालिकाको निर्णय रहेको छ।

No description available.

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।

कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी कक्षा ६ देखि १२ सम्म २ सिफ्टमा सञ्चालन गरिनुपर्ने, लकडाउनको अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख पताशी यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.