बन्लान त ढुंगाना नेविसंघको अध्यक्ष ?

रिपोर्ट नेपाल | 2019 Oct 21 | 12:25 pm 3027

काठमाडौं, कात्तिक ४: तत्कालिन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजिनामा दिएपछि रिक्त रहेको नेविसंघको अध्यक्ष पदमा राजिव ढुंगानाको नेतृत्वमा गठन गर्ने तयारी भइरहेको बुझिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी नेपाल विद्यार्थी संघको अध्यक्षमा ढुंगानाको नाम प्रस्ताव गरेको समाचाार स्रोतले बताएको छ ।

२०७५ माघ २ गतेदेखि नेतृत्वविहीन भएको भन्दै विद्यार्थी नेताहरुले नेतृत्वको पटकपटक ध्यानाकर्षण गराएपछि सभापति देउवाले ढुंगानाको नाम प्रस्ताव गरेका हुन् । देउवाले १ वर्षभित्र महाधिवेशन गर्ने गरी संयोजकमा ढुंगानालाई ल्याएर अन्य नाममा सहमति गर्न सकिने प्रस्ताब अघि सारेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने संयोजकमा मनोजमणि आचार्यको नाम प्रस्ताव गरेका थिए।

आचार्यको नाममा देउवा सहमत नभएपछि पौडेलले ६ महिनाभित्र महाधिवेशन गर्ने र केन्द्रीय समिति तथा पदाधिकारी कति संख्या हुने भन्ने विषय टुंगो लगाउन देउवालाई दवाब दिएका थिए।

सभापति देउवाले संयोजकमा ढुंगानाको नाममा सहमति गरी महामन्त्री तीन जना राख्ने र त्यसमा पौडेल पक्षबाट एकजना, कृष्णप्रसाद सिटौला पक्षबाट एकजना र आफ्नो तर्फबाट एकजना राख्ने प्रस्ताव गरेका थिए। सभापति देउवाले यस्तो प्रस्ताव रोखेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघको मात्र नभई प्याकेजमै टुङ्गो लगाउनुपर्ने कुरामा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.