स्याङ्जा, पुस ८: एक नाले एउटा भरुवा बन्दुक र १४ किलो सुकेको गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीरकोट नगरपालिका-७ का ४५ वर्षीय डुलबहादुर रोका रहेका छन् । उनी भरुवा बन्दुक र गाँजासहित पक्राउ परेकाे प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार भरुवा बन्दुकमा प्रयोग हुने फलामको वेरिङ १० थान, सिसाको छर्रा १७ थान, बारुद ३ ग्राम केप ३ थान बरामद भएको छ । रोकाविरुद्ध लागुऔषध (गाँजा) सम्बन्धी र हातहतियार सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ।
अदालतले ७ दिनको म्याद थप गरेको छ। अवैध हतियार र लागु औषधका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।