बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुईवटा गाडी आगजनी

रिपोर्ट नेपाल | 2019 Jul 31 | 08:00 am 1939

मकवानपुर, साउन १५: नेत्रिवक्रम चन्द (विप्लव) समुहले गरेकाे बन्दको अवज्ञा गरेको भन्दै समूहले मकवानपुरको दुई स्थानमा दुईवटा गाडीमाथि आगजनी गरेकाे छ ।

मंगलबार राति मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा विप्लव समूहले बा १४ च ८२३४ नम्बरको कार जलाएको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमारसिंहले सिंहले जानकारी दिए ।

यस्तै आतंक फैलाउने उद्देश्यले हेटौंडा उपमहानगरको विभिन्न ४ स्थानमा शंकास्पद बस्तु फेला परेको छ । बमको आशंकामा सेनाको टोलीले शंकास्पद बस्तुहरु डिस्पोज गरिदिएको छ ।

बन्दको जानकारी दिनको लागि विप्लव नेतृत्वको नेकपाले बुधबार हेटौंडाको थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजिकै शंकास्पद बस्तुहरु राखेको हुनसक्ने प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.