बजेटमा उठेका विषयलाई समेटने कोशिस गरिने छ : प्रधानमन्त्री

| 2024 Jun 25 | 01:45 pm 1529

काठमाडौँ ११ असार / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बजेटमा उठेका विषयहरूलाई समेटेर बजेटलाई अन्तिम रूप दिने प्रयास जारी रहने बताएका छन्। अहिले पनि आएको विषयलाई करेक्सन गर्नुपर्ने पक्षमा आफू रहेको बताए।

सम्भव हुनेसम्म सच्याउन मिल्ने ठाउँसम्म सच्याएर जानुपर्छ। यहाँ उठेका विषयलाई मैले गम्भीर रूपमा हेरेको छु सम्भव हुने ठाउँसम्म सन्तुलित बनाउने कोसिस हुन्छ प्रधानमन्त्री दाहालले भने । मैले अर्थमन्त्रीलाई पनि भनेको छु, भौतिक मन्त्रालयको विषयमा कुरा उठेको छ। उहाँसँग पनि हुनसक्ने र सम्भव हुनेसम्म करेक्सन गरौँ भनेको छु।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.