बंगलादेशविरुद्ध नेपालको तीन गोलको अग्रता

| 2019 Mar 16 | 03:31 pm 2595

विराटनगर, चैत २ : महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशबिरुद्ध तीन गोलको अग्रता लिएको छ। खेल सुरु भएको पाँच मिनेटमा नेपालले उपहार गोलबाट अग्रता लिएको थियो। मसुरा परबिनले हेडमार्फत क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोलगरेपछि नेपालले सुरुवाती अग्रता लिएको हो।

सहिद रंगशालामा खेलको छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको गोलमा नेपालले अग्रता बनाएको हो । खेलको २३ औ मिनेटमा बाँया भागबाट बल अघि बढाउँदै गोलकिपरलाई समेत छलाउँदै सावित्रा भण्डारीले  गोल गरेकी थिइन्। लगत्तै २८ औं मिनेटमा उनैकाे पासमा मञ्जली कुमारी याेञ्जनले गाेल गर्दै नेपाललाई ३-० काे अग्रता दिलाएकी छिन् ।

त्यसअघि नेपालकी सावित्रा भण्डारीले सुन्दर अवसर खेर फालेकी थिइन् । पाँचौं महिला साफ च्यापम्पयनसिप फुटबलमा नेपाल समूह ए को विजेता बन्ने लक्ष्यमा छ । दुबै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

प्रशिक्षक हरी खड्काले अमृता जोसीको स्थानमा पुनम जर्घामगरलाई टोलीमा समावेश गरेका छन् । गोलकिपरमा एन्जीला तुम्पाबो सुब्बा छन् । डिफेन्डरमा हिरा भुजेल,गिता राना,पुनम जर्घामगर,मनमाया लिम्बु छन् ।

मिडफिल्डमा मन्जली योन्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत छन् । फर्वाडमा सावित्रा भण्डारी र रेनुका नगरकोटी छन् । पहिलो खेलमा भुटानमाथि ३–० को जित निकालेको नेपाल बंगलादेशलाई हराउँदै समुह बिजेता बन्ने लक्ष्यमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.