बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी, ७० जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Feb 21 | 02:41 pm 2668

बंगलादेश, फागुन ९ : बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा  कम्तिमा ७० जनाको मृत्यु भएको छ ।  ढाकामा रहेको रासायनिक गोदामको पुरानो भवनमा आगलागी भएको हो ।  करिब ४० जना सख्त घाइते भएको बताइएको छ ।

तर भवनमा थप मानिसहरु पनि जलेको हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको छ । आगलागीमा परेर घाइते भएका ४५ जनाको ढाका मेडिकल कलेजमा उपचार भैरहेको छ । आगलागी भएको स्थानमा कति मानिस थिए भन्ने खुलेको छैन ।

रासायनिक गोदामको भवनमा सिलिण्डर विस्फोट भएर आसपासका अन्य चार भवनमा पनि आगलागी भएको छ । बंगलादेशमा सन २०१० मा पनि रासायनिक भवनमा आगलागी हुँदा एक सय २० जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.