बँदेलको आक्रमणबाट सात जना घाइते

रिपोर्ट नेपाल | 2019 Apr 16 | 06:16 pm 2548

सर्लाही, वैशाख ३ : सर्लाहीको चक्रघट्टा गाउँपालिका -७ मा सोमबार बेलुका बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् ।

उखुबारीबाट निस्केको जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका स्थानीय ६० वर्षका भुईला महतो, ४२ वर्षका रामनरेश महतो, १५ वर्षका संजय सहनी ,७ वर्षका मनिष सहनी र रामनरेश राय घाइते भएका हुन् ।

बँदेलले उनीहरको शरीरको विभिन्न ठाउँमा टोकेको छ । बँदेलको आक्रमणबाट घाइते भएका सबैजनाले जिल्ला अस्पताल मलंगवामा उपचार गरी घर फर्किएका छन् ।

सर्लाहीमा पछिल्लो समय जंगली बँदेलले खेतीपाती नष्ट गरेर किसानलाई हैरान पारेको छ। जंगलबाट आहार खोज्दै उखु बारीमा पुगेको बँदेल पनः जंगल नफर्किने गरेपछि अहिले खेतबारीमा बसेर अन्नपात नष्ट गर्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.