फेसबुक ह्‍याक गरी रकम ठगी गर्ने एकजना पक्राउ

| 2022 Jan 05 | 03:35 pm 2685

काठमाडौँ पुस २१: विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले भक्तपुरको गठ्ठाघर बस्ने मोरङको पथरी शनिश्वरे नगरपालिका–१०, मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्‍याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.