फेलातालमा अलपत्र परेका तीन जनाको सकुशल उद्धार

| 2019 Apr 19 | 06:40 pm 2258

कास्की, वैशाख  ६ : कास्कीको पोखरा महानगरापालिका–६ स्थित लेकसाइडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण अलपत्र तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

तालमा बोटिङ्ग गरिरहेका बेला एक्कासी आएको हावाहुरीको कारण एक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका परेका थिए । सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षीय पुन्दन चौरसीय र १२ वर्षीय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.