फेरि भुकम्पको झड्का

| 2019 Apr 24 | 06:44 am 2178

काठमाडौं, वैशाख ११: बुधबार बिहान साढे छ बजे  भुकम्प आएको छ । दुई पटकसम्म झड्का दिएपछि  बिहान उठेर नित्य कर्म गर्न लागेका राजधानी बासीहरु भुकम्पको झड्का महसुस गरेपछि घर बाहिर निस्केका थिए  ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका पूर्वप्रमुख सोमनाथ सापकोटाका अनुसार धादिङकाे नाैवीसे केन्द्रविन्दु भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको जानकारी  दिएका छन् । पहिलो झड्का गएको ठिक  ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको भुकम्पमापन केन्द्रले जानकारी दिए  । २०७२ सालमा छिमेकी जिल्ला गाेर्खालाई  केन्द्रबिन्दु बनाएकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.