फेरि बढ्यो पेट्रोलियम पदार्थ तथा ग्यासकाे मुल्य

रिपोर्ट नेपाल | 2022 May 22 | 09:27 pm 2397

काठमाडाैं, जेठ ८ः नेपाल  आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र ग्याँसको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलकाे १० रूपैया मूल्य वृद्धि गरेको हो ।

त्यसैगरी ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर २ सय बढाएर १ हजार ८ सय  रुपैयाँ बनाएको छ । ग्यासकाे नयाँ मूल्य पनि आज राति १२ बजेदेखि लागू हुने बताइएकाे छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.