फेरि बढ्याे सुनचाँदीकाे मुल्य

रिपोर्ट नेपाल | 2019 Aug 15 | 12:51 pm 4126

काठमाडौं, साउन ३०: बिहीबार सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार २ सयले बढेर ७१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मुल्य बढेसँगै तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँ पुगेकाे छ ।  सुनसँगै चाँदी पनि २० रुपैयाँले बढेर आज प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिए  ।

आज बढेकाे सुनको मूल्य अनुसार अहिलेसम्मकै उच्च रहेको छ । त्यस्तै चाँदीले पनि यस पटक नेपाली इतिहासमा उच्च रेकर्ड राखेकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.