फेरि बढ्याे पेट्रोलियम पदार्थको मुल्य

| 2021 Jul 07 | 07:40 am 1913

काठमाडाैं, असार २३ः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, मटीतेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमका अनुसार, डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ भने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ । मूल्य बढेसँगै डिजेल र मटीतेल प्रतिलिटर ११२ रुपैयाँ र पेट्रोल १२९ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय २५ रुपैयाँ पुगेको छ ।

यसैगरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर प्रति लिटर ८४ रुपैयाँ पु-याएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढेर प्रति किलोलिटर ७५४ डलर कायम भएको पनि निगमले जनाएको छ ।

निगमले मूल्य बढाएपछि पनि डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्यासमा घाटा नै रहेको जनाएको छ । निगमले यस अघि असार ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.