काठमाडौं, २४ असार : फुजेल हत्याकाण्डमा अभियुक्त छविलाल पौडेल डिल्लीबजार कारागार चलान भएका छन् । आजै सर्वोच्च अदालतमा उपस्थित भएका पौडेललाई कारागार चलान गरिएको हो ।
उनलाई सर्वोच्च अदालतले २०७२ साल पुस ६ गते पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो । आफ्नो छोराका हत्यामा संलग्नमाथि कारबाहीको माग राखी कृष्णप्रसादकी आमा गंगामाया अधिकारी वीर अस्पतालमा आमरण अनशनमा छिन् ।
कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला २०६१ जेठ २४ मा हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो।