फिफाले सार्वजनिक गर्‍यो नयाँ वरियता : फ्रान्सलाई उछिन्दै बेल्जियम पहिलो, नेपाल १ सय ६१ औं स्थानमा

रिपोर्ट नेपाल | 2018 Dec 22 | 03:07 pm 2273

काठमाडाैं, पुस ७ :फूटबलको शीर्ष संस्था फिफाले सन् २०१८ को अन्तिम वरियताक्रम सार्वजनिक गरेको छ । वरियता अनुसार नेपालले एक स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल १ सय ६२ औं स्थानमा थियो ।

नयाँ वरियताक्रम अनुसार बेल्जियम पहिलो, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र विश्वकपको उपविजेता क्रोएसिया चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छ ।

दक्षिण एसियाका राष्ट्र भारत ९७ औं स्थानमा हुदा माल्दिभ्स भने १ सय ५२ औं स्थानमा छ । त्यस्तै, भुटान १ सय ८६ औं स्थानमा, बंगलादेश १ सय ९२ औं स्थानमा रहँदा पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सय १ औं स्थानमा छन् । यस्तै, विश्वकप २०१८को च्याम्पियन फ्रान्स भने दोश्रो स्थानमा झरेको छ । बीस वर्षपछि विश्वविजेता टीम वर्ष सकिने बेलामा एक नम्बरबाट झरेको हो । सन् १९९८ मा पनि विश्वविजेता फ्रान्स वर्ष सकिँदा ब्राजिल पहिलो नम्बरमा थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.