काठमाडौं, भदौ १९: विश्व फुटबल महासंघ फिफाले बर्षको उत्कृष्ट तीन पुरुष खेलाडीको सूची सार्वजनिक गरेको छ ।
फिफाले सार्वजनिक गरेको सूचीबाट अर्जेन्टिनी स्टार लियोनल मेस्सी भने अटाएनन्। उत्कृष्ट तीनमा क्रिस्टियानो रोनाल्डो, मोहमद सालाह र लुका मोड्रिच परेका छन्।
यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए। तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन्। उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।
फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परेका थियो। यसपटक अर्जेन्टिनी स्टार लियोनल मेस्सी शीर्ष तीनमा अटाएनन। पछिल्लो केहि बर्षदेखि लगातार फिफाकाे शिर्ष ३ मा पर्ने गरेका मेस्सी यसपटक भने परेनन्।
रोनाल्डोले २०१६ मा च्याम्पियन्स लिगको उपाधि जित्नुका साथै फिफा क्लव विश्वकप पनि उचालेका थिए। यस्तै च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए।