‘फिफा बेस्ट प्लेयर अवार्ड’ काे अन्तिम तीनमा मेसी, रोनाल्डो र भान डायक

रिपोर्ट नेपाल | 2019 Sep 03 | 09:41 am 2505

एजेन्सी,  भदाै १७ : बार्सिलोनाको कप्तान लियोनेल मेसी, युभेन्ट्सका क्रिष्टियानो रोनाल्डो र लिभरपुलका र भर्गिल भान डायक फिफा वर्ष खेलाडीको मनोनयनमा परेका छन् । फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अन्तिम तीनको नाम सार्वजनिक गरेको हो।

गत वर्ष क्रोएसियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए। मोड्रिचले रोनाल्डो र मोहमद सलाहलाई पछि पारेका थिए।

यस सिजन लिभरपुलका डिफेन्डर डायकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ। उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो। यस्तै नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुराएका थिए।

डायकले गत साता मात्र युईएफए वर्ष खेलाडी अवार्ड जितेकालेपनि उनीलाइनै मुख्य दाबेदारका रुपमा हेरिएको छ।रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए। मेसीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए।

यस्तै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए। उनले युरोपियन गोल्डेन बुट समेत जितेका छन्। यस्तै महिला वर्ष खेलाडी युईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन्।

वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा सिटीका पेप ग्वार्डीवाला, लिभरपुलका योर्गेन क्लोप र टोटनह्यामका माउरिसियो पोचेटिनो रहेका छन्। महिला प्रशिक्षकतर्फ ग्रे नेभिल्स, जिल एलिस र सरिना विगम्यान रहेका छन्।

वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन्। त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि मेसी, जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.