फार्ममा आगलागी हुँदा १ सय भन्दा बढी बाख्रा जले

रिपोर्ट नेपाल | 2020 May 25 | 09:16 pm 2756

बर्दिया, जेठ १२ः जिल्लाको गेरुवा गाउँपालिका—३ शान्तिबजारमा रहेको एक कृषि फार्ममा आगलागी हुँदा लाखाैंकाे पशु चाैपाय जलेर नष्ट भएकाे छ ।

साेमबार भएकाे उक्त आगलागीमा न्यू कालिका कृषि उपज फार्ममा रहेकाे  १ सय २८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट करिब ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताए।

आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् । विद्युत लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर खड्काले बताए ।

आगाे करीब तीन घण्टाको प्रयासमा प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.