फागुन १२ गते शनिबारको राशिफल

| 2024 Feb 24 | 08:34 am 1369

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० फागुन १२ गते शनिबार, ई.सं.२०२४ फेब्रुअरी २४, तिथि– माघ शुक्लपक्ष पूर्णिमा, मघा– नक्षत्र, अतिगण्ड– योग, वव– करण, चन्द्रराशि– सिंह, सूर्योदय– ६ः३६, सूर्यास्त– १८ः०० ।

मेष खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

वृष अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मिथुन संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

कर्कट परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

सिंह कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

कन्या एक्लोपन र निराशाले सताउनेछ ।

तुला सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

वृश्चिक मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

कुम्भ मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ ।

मीन आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.