पोखरा, कार्तिक १८ : पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि काठमाडौं रोयल्सले चितवन राइनोज्लाई कमजोर लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा आज भएको पहिलो खेलामा काठमाडौंले चितवानलाई ९५ रनको सामान्य लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छदा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनायो । खराव सुरुवात गरेको काठमाडौले १५ रनमा पहिलो विकेट गुमायो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । उनले ३५ बलमा २ चौका प्रहार गरेका थिए । विदेशी जयकृशन कोल्सवालाले २५ रन बनाए । उनले ३७ बलको सामाना गर्दै २ चौका प्रहार गरेका थिए । त्यसपछि अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ चितवनका लागि सुन्नी पटेलले ३ विकेट लिए । त्यस्तै, स्मित पटेल र भुवन कार्कीले समान २/२ विकेट लिए । अहिले चितवनले जवाफी ब्याटिङ सुरु गरिसकेकाे छ ।