फरुवाले हानेर श्रीमतीको हत्या

| 2019 Apr 03 | 12:45 pm 2684

बाँके, चैत्र २० : सामान्य झगडामा एक पुरुषले आफ्नै श्रीमतीको फरुवाले हानेर हत्या गरेका छन् । जिल्लाको डुडुवा गाउँपालिका–६, पट्वारीपूर्वाका बुद्धिराम मुराउले फरुवाले हानेर हत्या गरेका हुन् ।

बारीका काम गर्दागर्दै लोग्ने–स्वास्नीबिचमा सामान्य भनाभन भएपछि बुद्धिरामले श्रीमती राधा मुराउलाई फरुवाले हानेको र फरुवाले हान्ने बित्तिकै श्रीमती ढलेपछि बुद्धिराम फरार भएका छन् । राधाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार श्रीमतीको हत्या गरी फरार रहेका बुद्धिरामको खोजी भइरहेको बताए । उनले बुद्धिराम भागेर भारततिर गएको आशंका गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.