प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू: सभामुख

रिपोर्ट नेपाल | 2026 May 18 | 12:23 pm 245

काठमाडौँ ,जेठ ०४ / सभामुख डोलप्रसाद अर्याल (डिपी)ले सोमबार प्रतिनिधिसभाको बैठकमा प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश गरेका छन् ।

श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ । उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भए ।

त्यसपछि सभामुखले भने, ‘श्रम संस्कृति पार्टीकोतर्फबाट माननीय सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो’, उनले भने, ‘प्रतिनिधिसभाको यो सभा साच्चि नै महत्वपूर्ण हुने र कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो ।’

यसक्रममा सभामुखले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.