प्रेमिकाको हत्या गर्ने पराजुलीलार्इ जन्म कैदको फैसला

रिपोर्ट नेपाल | 2018 May 25 | 03:12 am 4175

गुल्मी, जेठ ११: केहि महिनाअघि प्रेमीद्धारा गुल्मी र पर्वतको सिमनामा पर्ने कालिगण्डकी नदीमा हत्या गरी फालिएकी युवतीका हत्यारा प्रेमीलाई आज सर्वस्वसहित जन्म कैद सजायको फैसला गरिएको छ । पर्वत जिल्ला विहादी गाउँपालिका वडा नम्वर २ का २३ वर्षीय विक्रम भनेर चिनिने प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेको हो ।

पराजुलीले २०७४ साल माघ १७ गते साँझ बाग्लुङ्गको जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्ती निवासी २२ वर्षिया कमला शर्मालाई गला रेटेर हत्या गरी कालिगण्डकीमा फालेको आरोप लागेको छ । लामो समयदेखि विवाहको प्रलोभन देखाउँदै प्रेम सम्बन्ध राख्दै आएका विक्रमले प्रेमिका शर्माले गर्भपतन गराउन नमानेपछि कालिगण्डकी नदीमा हत्या गरी फालेको स्वीकार गरिसकेका छन् ।

माघ ५ गते गुल्मीको पुर्तिघाट वजारमा गुम्न आउँ भन्दै बोलाएर हिडेकी शर्मा घरमा पेट दुखेको छ औषधी खान जान्छु भन्दै हिडेको र अलि तल पर्ने एक मेडिकलमा उनले स्वास्थ्य परिक्षण समेत गराएको खुलेको उनका दाजु रामप्रसाद शर्माले बताए ।

साँझ पख उनलाई फोन गर्दा फोन उठेको र पछि स्वीचअफ भएको थियो । कमला त्यस घरकी एक मात्र छोरी थिईन् । छिस्तीको जनकल्याण उच्च माविमा कक्षा १२ मा पढ्ने कमलालाई चितवन बस्ने विक्रमले फोनमार्फत पट्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.