प्रहरीले पत्रकारको क्यामेरा खोसे, दृश्य डिलिट गर्दै दुर्व्यवहार गरे

रिपोर्ट नेपाल | 2018 Sep 15 | 04:22 pm 2384

काठमाडौं, भदौ ३०: प्रहरीले फेरि एक जना पत्रकारलार्इ दुर्व्यवहार गरेका छन्। पछिल्लो समय पत्रकारप्रति निकै आक्रामक भएको प्रहरीले बारामा शनिबार एक पत्रकारलार्इ दुर्व्यवहार गरेका हुन्।

बाराको देउतल गाउँपालिकामा विद्युत चोरी भइरहेको खबर संकलन गर्न गइरहेका अभिन्यूजकर्मी अजय शाहमाथि प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीद्वार दुर्व्यवहार गरेको पिडित शाहले बताए।

उनका अनुसार प्रहरीले क्यामरामा कैद भएका विद्युत चोरी र कर्मचारीका क्रियाकलापका दृश्य समेत डिलिट गरिदिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.