२४ वटा चोरीका मोटरसाईकल एकैसाथ सार्वजनिक

| 2018 Oct 31 | 03:53 pm 2104

 चितवन, कार्तिक १४ :  चितवन प्रहरीले २४ वटा चोरीको मोटरसाईकल एक साथ सार्वजनिक गरेको छ । प्रहरीले बढाएको सक्रियताका कारण ३ महिनाको अवधीमा पूर्वी चितवनको रत्ननगरबाट नियन्त्रणमा लिएको चोरीको मोटरसासार्इकल सार्वजनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले विशेष चेकिङ्गको क्रममा र सुराकीका आधारमा वरामद गरेको जानकारी दिए । उनले भने ‘यहाँ विविध अपराधिक क्रियाकलापसगैँ चोरी घटना वृद्धि भएको गुनासोको आधारमा विशेष प्रहरी अप्रेशन चलाउदा यस्तो भेटिएको हो।’

रत्ननगर टाडीँको क्षेत्रमा पर्ने कालिका नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोर र राजमार्गका विभिन्न स्थानमा चेकजाचँ गर्दा बजाज व्राण्डका पल्सर मोटरसाईकलहरु बढी चोरीका भेटिएको उनले बताए ।

उनले जिल्ला प्रहरी कार्यालय चितवनको चोरीका घटना नियन्त्रण अभियानलाई सफल बनाउन समेत टाडीँ प्रहरीको टिम हासिल गरेको उपलब्धी मिलेको विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.