प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 21 | 02:26 pm 2299

काठमाडौं, फागुन ९  : प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ना ६ ख ५९४२ नम्बरको ट्रकका चालक पाँचथर अमरपुर घर भएका ३५ वर्षीय कुलप्रसाद वाग्ले रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ट्रक जाँच गर्ने क्रममा वाग्लेले आवश्यक कागजात नभएको भन्दै एक सय रुपैयाँ घुस दिन खोजेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.