रुकुम (पश्चिम), भदौ ४ः प्रहरीमाथि हातपात गरेको अभियोगमा एकज नालाई प्रह्रीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका ३ टाटागाँउका २१ वर्षीय टिकाराम ओली रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सोही नगरपालिका ८ का एक महिलालाई स्थानीय केटाहरुले हातपात गरेको भन्ने जानकरी प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिने क्रममा ओलीले प्रहरीलाई कोदालोले प्रहार गरेपश्चात कोदालो सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कोदालो प्रहारबाट घाइते भएका एक जना प्रहरी हवल्दारको स्थानीय मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।
घटनामा संलग्न अन्य २ जना फरार रहेकाले उनीहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।