प्रहरीको फन्दामा परे गुण्डा नाइके लामा

| 2018 Sep 04 | 09:18 pm 2073

काठमाडौँ, भदौ १९: देशको शान्ति सुरक्षा र समृद्ध समाज निर्माणको लागि अहोरात्र खटिरहने सुरक्षा निकायका अभिन्न अंगका रुपमा मानिने नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले समाजमा खलल स्थिती सृजना गर्ने गुण्डा नाइके सत्यमान लामालाई आज मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको छ ।

काभ्रे तिमाल गाउँपालिका–६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट नराम्रो शब्दहरु प्रयोग गरी गालीगलौजमा साथै हातखुट्टा समेत भाँचिदिने धम्की दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिएका छन् । ।

पक्राउ परेका लामाको आज स्वास्थ्य परीक्षण गरिएको र भोली बुधबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.