प्रहरी श्रीमती संघको साधारणसभा सम्पन्न

| 2023 Aug 03 | 04:12 pm 1969

काठमाडौं, साउन १८ । नेपाल प्रहरीमा कार्यरत पुरुष कर्मचारीका श्रीमतीको छाता संगठन नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघलाई आउदा दिनहरुमा अझ प्रभावकारी बनाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिएकी छिन् ।

अध्यक्ष कुँवरले संस्थामा आबद्ध सबै सदस्यहरुले मन, बचन र कर्मले कार्य गर्दै संघलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सक्षम संस्थाको रुपमा स्थापित गर्नका लागि सरकारी, गैर सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिएकी थिइन् ।

सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरुको साझा चौतारीको रुपमा रहेको संघलाई आगामी दिनमा समय सापेक्ष बनाउँदै लैजानु पर्ने कुरामा उनको विशेष जोड थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.