प्रहरी वृत्त गौशालामा कार्यरत दुई सई १८ हजार घुससहित अख्तियारको फन्दामा

रिपोर्ट नेपाल | 2019 Jul 25 | 03:19 pm 1420

काठमाडौं, साउन ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई १८ हजार रुपैयाँ घुससहित रंगेहात नियन्णमा लिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ माग्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रवक्ता कोइरालाले भने,’ प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेका छौ ।’ नियन्त्रणमा लिएका दुवै जना महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत सई हुन् ।

उनीहरूलाई काठमाडौं महानगपालिका ८ , मिथिला काबेली यातायात र अनलाइन डिलक्सको टिकट काउन्टर अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको कार्यालयले जनाएको छ । यसअघि २७ असारमा सवारी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने भन्दै एक लाख घुस लिने ४ प्रहरी जवान पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.