काठमाडौं, कात्तिक २५ः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल) को ८९ औं साधारण सभामा भाग लिन टर्की जाने भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार महानिरीक्षक क्षेत्री नेतृत्वको टोली आगमी मंसिर ५ गते टर्की जाने तय भएको हो ।
आगामी ७ मंसिरदेखि ९ मंसिरसम्म टर्कीको राजधानी इस्तानबुलमा इन्टरपोलको ८९ औं साधारण सभा हुँदैछ । महानिरीक्षक क्षेत्रीको यो पहिलो विदेश भ्रमण हो ।