प्रहरी जवानद्वारा नावालिका माथी याैन दुर्व्यवहार

रिपोर्ट नेपाल | 2023 Aug 16 | 02:29 pm 117969

जनकपुर, साउन ३१ । जिल्ला प्रहरी कार्यालय धनुषा मातहत रहेको लालगढ चाैकीमा कार्यरत प्रहरी जवान रुपेश चाैधरीले एक नावालिकालाई याैन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

मंगलबार राति १० बजे मदिरा पिएर आएका चाैधरीले स्थानीय १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको बताएको छ।

‘ मदिरा सेवन गरेर राति बाटोमा हिडिरहेको बेला वालिकालाई केही भन्नुछ भनेर यौन दुर्व्यवहार गरेको प्रहरीले स्वीकार गरेको स्थानीयवासीले बताएका छन् ।

याैन दुर्व्यवहार गरेका चाैधरीलाई  प्रहरी अधिकृतहरूले संरक्षण गरेको आरोप लगाउदै कारवाहीको माग सहित मंगलवार विहान स्थानीयवासीले  आधा घण्टा सडक अवरुद्ध गरेका  थिए । मिथिला नगरपालिका-९ लालगढका वडाअध्यक्ष सविन थापाले मंगलबार राति नै प्रहरी जवान चौधरीलाई स्वास्थ्य परीक्षण गराउन लैजाने भनेर लगेको र पछि फिर्ता ल्याएर माफी नमागेको भन्दै स्थानीय आन्दोलित भएको बताए।

घटनाबारे विस्तृत जानकारी लिनका लागि  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) वेदप्रसाद गौतम नेतृत्वको टोली पनि घटनास्थल पुगीसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.