प्रहरी कार्यालयमै घुससहित प्रहरी पक्राउ

| 2018 Sep 12 | 06:57 pm 2909

बर्दिबास, भदौ २७ : महोत्तरीमा प्रहरी कार्यालयमै घुससहित प्रहरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक सई रामबाबु प्रसाद यादव पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित क्षेत्रीय कार्यालयले पाँच हजार घुस रकम सहित पक्राउ गरेको हो । सीमा क्षेत्रबाट आउने मालसमानको लाइन मिलाइदिने भन्दै पैसा लिदै गरेको अवस्थामा सई यादवलाई पक्राउ गरिएको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ ।

घुस सहित पक्राउ परेका यादवको बारेमा अनुसन्धान भईरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.