प्रस्तुतीकरण तथा स्थलगत निरीक्षण कार्यक्रम

| 2022 Jan 29 | 06:29 pm 1725

काठमाडाैं, माघ १५ः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, रक्षा सचिव किरणराज शर्मालगायत श्री रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई शनिबार जंगी अड्‍डामा Nepali Army Vision-2030 र बंकर टु व्यारेक कार्यक्रम सम्बन्धी जानकारीमूलक प्रस्तुतीकरण संचालन गरिएको छ ।

सो अवसरमा श्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा रक्षा सचिवले उक्त कार्यक्रमहरु नेपाल सरकारको प्राथमिकतामा रहेको समेत अवगत गराएका छन् ।  उक्त कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त प्रस्तुतीकरण पश्‍चात उनीहरुले ओखलढुङ्गा, खोटाङ र रामेछाप जिल्लामा रहेका ब्यारेकहरुको स्थलगत अवलोकन समेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.