प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

रिपोर्ट नेपाल | 2019 Aug 12 | 01:32 pm 1596

काठमाडौं, साउन २७: गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्किएका छन् । स्वास्थ्य परीक्षण गरेर स्वदेश फिर्ता भएका प्रधानमन्त्री ओली  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि आफ्नो स्वास्थ्य ठीक रहेको जानकारी दिए अन्य कुराकाे बारेमा भने कुनै प्रतिक्रिया दिएनन्।

संचारकर्मीहरूले हिड्दा–हिड्दै तपाइलाई कस्तो छ ? भनी गरेको प्रश्नमा उनले भने-‘मलाई ठीक छ’ मात्रै भनेका थिए ।  ओलीले सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा स्वास्थ्य परीक्षण गराएका थिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.