प्रधानसेनापतिबाट प्राविधिक उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

रिपोर्ट नेपाल | 2019 Nov 24 | 08:55 pm 1616

काठमाडौं, मंसिर ८: नेपाल सरकार, मन्त्रीपरिषद्को यही मंसिर ३ गतेको निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका श्री विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागिय प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहलाई आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

साथै, प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी सिंहलाई श्री ईन्जिनियरिङ्ग विभागका विभागिय प्रमुखको समेत जिम्मेवारी दिईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.