प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2020 Jul 03 | 05:32 pm 5348

काठमाडौं, असार १९ः नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय बमोजिम यही असार १५ गतेबाट उपरथी दर्जामा पदोन्नती भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

दर्ज्यानी प्राप्त गर्नेमा सहायक रथी प्रेम शाही र सहायक रथी दर्जामा पदोन्नती भएका महा सेनानी प्रेम बहादुर पुन रहेका छन् ।

उनीहरुलाई शुक्रबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नती भएका उपरथी प्रेम शाहीलाई श्री युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायक रथी प्रेम बहादुर पुनलाई श्री प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिईएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.