प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2021 Dec 27 | 09:01 pm 1817

काठमाडाैं, पुस १२ः मिति २०७८ पुस ८ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग के.सी. र सहायक रथी योगराज शर्मालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले साेमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उपरथी दर्जामा पदोन्नती भएका उपरथी प्रदिपजंग के.सी. श्री सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति भएका छन् भने उपरथी योगराज शर्मा श्री उपत्यका कमाण्ड हे.क्वा. को कमाण्ड सेनापतिमा नियुक्ति भएका छन् । साथै, मन्त्री परिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नति भएका सातजना मध्ये चारजना महा-सेनानीहरुलाई प्रधान सेनापति महारथी शर्माले सोही कार्यक्रममा सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.