प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

रिपोर्ट नेपाल | 2019 Feb 14 | 09:49 am 2124

काठमाडौं, फागुन २ : गत वर्ष मंसिरमा भएको आम निर्वाचनपछि फागुन ३ गते सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।

सरकारले एक वर्षमा गरेका उपलव्धि सार्वजनिक गर्ने तयारी गरेका छन्। वर्तमान सरकार गठन भएको भोलि एक वर्ष पूरा हुँदैछ। दुईतिहाईको सरकार गठन भए पनि काम भन्दा धेरै कुरामात्र भएको गुनासो बढ्दै गएको छ।

सरकारले गरेका कामबारे प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सम्बोधन मार्फत जानकारी गराउँने छन्।

यस्तै प्रधानमन्त्री ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैछन्। देशका मुख्य नदीहरुमा पानी जहाज चलाउने योजना अनुसार औपचारिकरुपमा कार्यालय स्थापना गर्न लागिएको हो।

यसैगरी राष्ट्रिय सभागृहमा जनताको जलविद्युत आयोजना कार्यक्रमको उद्घाटन पनि गर्ने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.