प्रधानमन्त्रीद्वारा छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना

रिपोर्ट नेपाल | 2020 Jun 03 | 08:17 am 2299

काठमाडाैं, जेठ २१ः प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा व्याप्त छुवाछुत तथा भेदभाव हटाउन सरकारले विभिन्न प्रयास गरिरहेकाे भए पनि राज्य एक्लैकाे तत्परताले मात्र याे हटाउन नसकिने बताएका छन् ।

छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै उनले मानव सभ्यताको कलंकका रुपमा रहेको यस अमानवीय प्रथालाई हामीले कानुनी रुपमा अन्त्य गरेकाे भए पनि व्यवहारमा अन्त्य गर्न बाँकी रहेकाे बताए । साथै उनले यस प्रथाकाे सामाजिक रुपमा नै समूल अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहन सबैमा आह्वान गरेका छन् ।

सामाजिक अन्धविश्वासको आड लिएर हुने यस्ता अमानवीय प्रथा विरुद्ध राज्य र समाज दुवै तहमा सार्थक अभियान चलाइनु पर्ने उनकाे भनाइ छ । नेपालको संविधानले देश र दुनियाँका यी सबै अनुभव र उपलब्धिहरुलाई समेटेर सबै प्रकारका भेदभाव, अन्याय, अत्याचार, शोषण र दमनको अन्त्य र सामाजिक न्याय र समानताको प्रत्याभूत गरेको पनि उनले स्मरण गराए ।

शुभकामना 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.