प्रधानमन्त्रीको बोली अमर्यादित भएको खाँणको आरोप

| 2019 May 08 | 08:26 am 1897

काठमाडौं, वैशाख २५:  नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्वमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओली बहुलवादलाई मिच्दै अधिनायकवाद तर्फ अघि बढेको आरोप लगाएका छन् ।

मंगलबार संघिय संसदमा भएको वाद विवाद बारे बुधबार रिपोर्ट नेपालसँग कुरा गर्दै नेता खाँणले नीति तथा कार्यक्रमका विषयमा सदनमा राखिएको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री केपी ओलीले रोष्टममा उभिएर अमर्यादित र गैह्र संसदिय भाषा प्रयोग गरेको पनि आरोप लगाए ।

आफूहरुले प्रधानमन्त्रीको भाषा अमर्यादित भएको भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेको तर सभामुखले हटाएको भए समस्या समाधान हुनेमा नगरेपछि कांग्रेस बाध्य भएर बिरोधमा उभिनु परेको बताए ।

सभामुखले प्रधानमन्त्रीको आर्यादित र गैह्र संसदिय भाषा बोलेका प्रधानमन्त्रीलाई च्यापेको पनि खाँणको आरोप थियो । प्रधानमन्त्री ओली जनताको नभएर पार्टीको भए जस्तै गरी लोकतन्त्रको आधार स्तम्भ माथि धावा बोल्दै सेना, मानवअधिकार, प्रेस, अदालत र संवैधानीक निकायको अधिकार कटौतीमा लागेको पनि खाँणको भनाई रहेको थियो । संविधाको कार्यान्वयन र मुलुकको विकासका लागि मिलेर जानुपर्नेमा प्रधानमन्त्री भिडेर जानु खोजेको पनि खाँणको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.