प्रधानमन्त्रीको बिगारेको फोटो फेसबुकमा राख्‍ने १५ दिनदेखि थुनामै

रिपोर्ट नेपाल | 2018 Sep 05 | 07:49 am 1558

काठमाडौं, भदौ २०: प्रधानमन्त्री केपी ओलीको बिगारिएको फोटो फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेको रोशी गाउँपालिका–५ का वडा सचिव होमनाथ सिग्देल १५ दिनदेखि थुनामै छन्।

उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाएको छ।

सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आइरहेको संस्था फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले साइबर हयाकिङ र बैंकिक कसुरलाई नियन्त्रण गर्न विद्युतीय कारोबार ऐन ल्याइएको भए पनि पछिल्लो समय यो ऐनको प्रयोग अनलाइनमार्फत हुने अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने काममा प्रयोग भइरहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.