प्रधानमन्त्री बन्न हतार छैन : देउवा

| 2021 Mar 06 | 04:00 pm 1745

काठमाडौँ फागुन २२: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिस्थितिमा आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन्। बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ नामक पुस्तकको विमोचन कार्यक्रममा सभापति देउवाले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको प्रस्ट परेका छन।

अबको प्रधानमन्त्री देउवा हुने चर्चा चलिरहेका बेला उनले आफूलाई प्रधानमन्त्री बन्न चाहना नभएको बताएका हुन। प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ। सरकारको नेतृत्व गर्न हतार छैन। कोसिस पनि नगरेको बताएका छन ।

संसद् पुनःस्थापनापछि व्यवहारिक रुपमा विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह (प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल–माधव नेपाल समूह) आफू नेतृत्वमा नयाँ सरकार बनाउन गृहकार्यमा जुटेका छन्। दुवै समूहको योजना कांग्रेसलाई विश्वासमा लिएर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने रहेको छ। तर, नेकपा औपचारिक रुपमा विभाजित नभएकाले कांग्रेस ‘पर्ख र हेर’ को रणनीतिमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.